प्रभु र सेञ्चुरी बैंकलाई दियाे राष्ट्र बैंकले मर्जरकाे स्वीकृति

-



     सफल आवाज    
     भाद्र २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० । प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंकलाई नेपाल राष्ट्र बैंकले मर्जरकाे स्वीकृति दिएकाे छ । राष्ट्र बैंकले प्रभु बैंकले सेञ्चुरी बैंकलाई गाभ्नका लागि सैद्धान्तिक स्वीकृति दिएकाे हाे । राष्ट्र बैंकको भदौ १५ गते बसेको संचालक समितिको बैठकले साे स्वीकृति दिएपछि दुबै बैंक एक हुने भएका हुन् ।

तत्काका लागि दुई बैंकबीच १ बराबर १ काे रेसियाेमा गाभिने सम्झौता भएको छ। दुबै बैंक गाभिएपछि प्रभु बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन नै नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुने भएका छन् । बैंककाे संचालक समितिमा ४ जना प्रभु बैंक र तीन जना सेञ्चुरी बैंककाे तर्फबाट सदस्य रहने भएका छन्।

यस आर्थिक वर्षको मौद्रिक नीतिले पुसकाे अन्त्यसम्म मर्जरको एकिकृत कारोबार गर्ने निर्देश गरेअनुसार मर्जरकाे प्रक्रियामा रहेका बैंक तथा वित्तीय संस्थाहरु टुंगोमा पुग्न लागेका हुन् ।

राष्ट्र बैंकले ताेकिएकाे अविधसम्म बैंक तथा वित्तीय संस्थाहरुले छुट तथा सुविधाहरु पाउने व्यवस्था गरेको छ। साे सुविधाकाेः उपयाेग गर्नका लागि प्रभु बैंक र सेञ्चुरीले पुस अघिनै मर्जर सम्पन्न गर्ने तयारी गरेका हुन् ।

प्रभुको बैंककाे चुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ । सेञ्चुरी कर्मसियलको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । गाभ्ने काम सकिएपछि चुक्ता पूँजी २२ अर्ब नाघ्नेछ।