सिद्धार्थ बैंकले पनि सी–आस्बा सेवाबापतकाे शुल्क नलिने

-



     सफल आवाज    
     भाद्र २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० भदाै । पछिल्ला दिनहरुमा सी–आस्बा शुल्क नलिने बैंकहरु थपिन थालेका छन् । यसैक्रममा सिद्धार्थ बैंकले पनि सी–आस्बा सेवावापतकाे शुल्क नलिने घाेषणा गरेकाे छ।

सिद्धार्थ बैंककाे सी–आस्बा सेवा निःशुल्क गर्ने जानकारी गराएपछि याे सेवा दिने बैंकहरुको संख्या ७ पुगेको छ। 

बैंकले एक सूचना प्रकाशित गरेर सी–आस्बा सेवा निःशुल्क गरेकाे जानकारी दिएकाे हाे। याे सुविधापछि सिद्धार्थ बैंकका खातावाला ग्राहकले सेयरमा आवेदन पेश गर्दा सी–आस्बा शुल्क तिर्नुपर्दैन । 

यसअघि धितोपत्र बोर्डले सी–आस्बा सेवा प्रदान गरेबापत अधिकतम १०० रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको गरेकाे थियाे ।