सुनचाँदीको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     भाद्र २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० भदौ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा सामान्य बृद्धि भएको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १०० तथा चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १०० ले बढेर तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ६०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १०० ले बृद्धि भएर तोलाको ९३ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा यसदिन रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ११५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार चाँदी तोलाको १ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।

स्मरणरहाेस् आईतबार छापावाल सुनमा रुपैयाँ ६०० तथा चाँदीमा रुपैयाँ ५ बृद्धि भई कारोबार भएको थियो ।