खप्तड लघुवित्तकाे सेयर बाँडफाँड सम्पन्न, नतिजा कसरी हेर्ने ?

-



     सफल आवाज    
     भाद्र २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० भदौ । खप्तड लघुवित्त वित्तीय संस्थाकाे सेयर बाँडफाँड आज सम्पन्न भएको छ।

१२ हजार ३४० जना लगानीकर्ताले जनही १० कित्ताका दरले सेयर पाउन सफल भएका छन् । सेयर बाँडफाँड बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडकाे कार्यालयमा गरीएकाे हाे ।

लघुवित्तकाे भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइएकाे थियो ।

कुल सेयरबाट जारी पूँजीको ०.५ प्रतिशत २ हजार कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । सर्वसाधारणका लागि छुट्याइएको सेयरबाट ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । त्यसबाट बाँकी रहेकाे १ लाख २३ हजार ४०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको छ ।

सेयरमा १८ लाख ८३ हजार ११८ आवेदन परेको थियाे । १७ लाख ८४ हजार ६२५ जनाको आवेदन याेग्य मानिएकाे थियाे । बाँकी सबै अस्वीकृत भएका जनाइएकाे छ । स्वीकृत भएका आवेदनहरुमा १२ हजार ३४० जनाले मात्रै जनही १० कित्ताका दरले सेयर हात पारेका छन् ।

यसरी हेर्न सकिन्छ नतिजा

सेयर बाँडफाँड भइसकेकाे भएपनि नतिजा अपलाेड हुन केही समय लाग्ने भएकाे छ । नजिता हेर्नका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालन गरेकाे वेभसाइट (https://iporesult.cdsc.com.np/) मा गएर हेर्न सकिन्छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलकाे वेभसाइट, खप्तड लघुवित्त वित्तीय संस्थाका वेभसाइटमा गएर हेर्न सकिन्छ ।