
काठमाडौं, २० भदाै । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब रुपैयाँ क वर्गका वाणिज्य बैंक, ख वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने जानकारी दिएकाे छ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ६० करोड ५ लाख लगानी गर्नेछ । विकास बैंकहरुमा ३० करोड र वित्त कम्पनीका लागि १० करोडसहित जम्मा २ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे हो।
साे मुद्दती निक्षेपकाे अवधि २०७९ असोज २ गतेदेखि २०८० असोज १ गतेसम्म १ वर्षका लागि रहेकाे छ । मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले भदौ २२ गतेसम्ममा लिन चाहेकाे ब्याजदर सहितकाे प्रस्ताव पेश गर्नपर्ने राष्ट्र बैंकले जारी गरेकाे सूचनामा उल्लेख छ।
मुद्दती निक्षेपमा रकम लिनको लागि मापदण्ड ताेकिएकाे छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्ने छ । राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम हुनुपर्ने छ। निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्नेछ ।
कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने, शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको सेयर जारी गरिसकेको हुनुपर्ने जनाइएकाे छ ।
ताेकिएकाे मितिभन्दा अगाडी वा पछाडि पेश भएका प्रस्ताव मान्यता नदिने र तिनलाई रद्द गरिने नेपाल राष्ट्र बैंक वित्त व्यवस्थापन विभाग अवकाश काेष इकाईले जनाएकाे छ ।
राष्ट्र बैंककाे उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा लगानी बारे सूचना








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




