सेयर मार्केट्स एण्ड फाइनान्समा जागिर खुल्याे, कहिलेसम्म दिने दरखास्त ?

-



     सफल आवाज    
     भाद्र २० गते २०७९ मा प्रकाशित



काठमाडौं, २० भदौ । समस्याग्रस्त अवस्थामा रहेकाे नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडमा दुई पदका लागि दरखास्त आव्हान गरिएको छ ।

काठमाडौं पुतलीसडकमा रहेको सेयर मार्केट्स एण्ड फाइनान्सकाे व्यवस्थापन तथा संचालनका लागि एकजना संयोजक र एकजना सदस्य माग गरिएको हो । नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागकाे छनौट समितिको सचिवालय बालुवाटारले आज सूचना प्रकाशित गरी दरखास्त आव्हान गरेको हो ।

प्रकाशित सूचनाका अनुसार दुईजना व्यक्ति सम्मिलित ब्यवस्थापन समूह गठन गर्ने सिलसिलामा संयोजक र सदस्य गरी दुई पदका लागि दरखास्त आव्हान गरिएको हो ।

इच्छुक उम्मेदवारले असोज ९ गते कार्यालय समयभित्र आवेदन दिन सक्ने पदपूर्ति छनौट समितिले जनाएको छ । समितिले संयोजकका लागि ब्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, ब्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । यस्तै बैकिङ क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको बैकिङ विज्ञ हुनुपर्ने जनाइएको छ ।

सदस्यको हकमा अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, ब्यापार प्रशासन वा कानून विषयमा स्नातक हाँसिल गरी लेखा सम्बन्धी कार्यमा १० वर्षको अनुभव प्राप्त गरेको वा चार्टड एकाउन्टेन्सी पास गरी न्यूनतम ५ वर्षको कार्यानुभव प्राप्त गरेको हुनुपर्नेछ ।

सेवा अवधि १ वर्षको लागि रहेको छ । आवस्यक्ताको आधारमा ६-६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नविकरण गर्न सकिने भएको छ ।

संयोजकमा छनौट हुने उम्मेदवारले मासिक १ लाख २६ हजार ३०० रुपैयाँ तथा सदस्यले १ लाख ३ हजार ६०० रुपैयाँ तलव पाउने भएङ्छका। दशैं खर्च खर्चबापत एक महिनाको पारिश्रमिक बराबरको रकम बाहेक अन्य कुनै सुविधा नरहेको समितिले जनाएको छ ।

दरखास्त आव्हान गरीएकाे सूचना तलकाे बक्समा छ ।