सुन तोलाको ९४ हजार पुग्यो, चाँदीमा पनि वृद्धि

-



     सफल आवाज    
     भाद्र २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ भदौ । नेपाली बजारमा सुनचाँदीको भाउ बिस्तारै उकालो लाग्न थालेको छ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य ढंगले बढेको छ ।

यसदिन छापावाल सुन तोलामा रुपैयाँ ३०० तथा सेतो धातु चाँदीमा रुपैयाँ १० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ३०० ले बढेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

सोमबार छापावाल सुन तोलाको ९३ हजार ७०० रुपैयाँ कायम भई कारोबार भएको थियो । उक्त दिन सुन तोलामा रुपैयाँ १०० ले बढेर सो मूल्यमा खरिदबिक्री भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ३०० ले बढेर तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुनमा पनि रुपैयाँ १०० ले बढेर तोलाको ९३ हजार २०० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बृद्धि भई तोलाको १ हजार १२५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो ।