
काठमाडौं, २१ भदौ । अर्थमन्त्री जनार्दन शर्माले आज पेश गरेको बीमा विधेयक राष्ट्रिय सभाबाट स्वीकृत भएको छ । आज अर्थमन्त्री शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयक माथि विचार गरियोस् भनेर प्रस्ताव राष्ट्रिय सभामा पेश गरेका थिए । उक्त विधेयक माथि छलफल गरेर सभाले सर्वसम्मत स्वीकृत गरेको हो ।
गत साउन २९ गते अर्थ समितिले पेश गरेको प्रतिवेदन सहित छलफल गरेर संसदबाट बीमा विधेयक पारित गरिएको थियो । अर्थमन्त्री शर्माले हाल विद्यमान बीमा ऐन २०४९ ले बीमाका सबै विषय नसमेटेकले निकै लामो समयदेखि यो विधेयकको आवश्यकता ठानिँदै आएको बताए ।
‘विधेयकमा उल्लिखित व्यवस्थालाई बढी व्यावहारिक र समय सापेक्ष बनाउन सरकार सधैं सकारात्मक रहेको छ,’ मन्त्री शर्माले भने, ‘विभिन्न चरणमा अर्थमन्त्रालयले बीमा समिति तथा सरोकारवालाहरु सबैसँग छलफल गरेको थियो । त्यसबाट प्राप्त सुझावहरुलाई समेटेर विधेयक तयार भएको हो।’
बीमाको लागि सबै विषय बीमा विधेयकमा समेटिएको बताउँदै मन्त्री शर्माले अन्तराष्ट्रिय बीमा अभ्यास अनुसार विधेयकमा बीमा नियमन, बीमा व्यवसाय, बीमा करार, बीमित सहिद संरक्षण, बीमा अपराधको रुप र सजाय, सहयोगी संस्थाको निर्माण लगायतको विषय समेटिएका जानकारी दिए ।
उनले विधेयकमा लघुबीमा सम्बन्धी व्यवस्था रहेको र यसले स्वास्थ्य बीमा ऐनलाई कुनै हस्तक्षेप नगरेको पनि प्रष्ट पारे । यो विधेयक राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिले स्वीकृत गरेपछि ऐनको रुपमा लागू हुनेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




