प्राइम कमर्सियल बैंककाे ५० लाख कित्ता ऋणपत्र सूचीकृत 

-



     सफल आवाज    
     भाद्र २१ गते २०७९ मा प्रकाशित



काठमाडौं, २१ भदौ । प्राइम कमर्सियल बैंकको बैंकको ५० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । “५ वर्ष, “१०.१५ प्रतिशत डिबेन्चर २०८४” मंगलबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हाे। नेप्सेले बैंकलाई दोश्रो बजारको कारोबार संकेत PBD84 दिएको छ ।

नेप्से र प्राइम कमर्सियल बैंकबीच ५ वर्षे अवधि र बार्षिक १०.१५ प्रतिशत ब्याजदर भएको “५ वर्ष, १०.१५ प्रतिशत प्राइम डिबेन्चर, २०८४” नामक ऋणपत्र PBD84 को क्रम संख्या १ देखि ५० लाख सम्मको अंकित तथा चुक्ता मूल्य रुपैयाँ १००० कायम भएको कुल ५० लाख थान ऋणपत्र सूचीकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सो ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहि कम्पनीले नै सर्वसाधारणका लागि ऋणपत्र जारी गरेको थियो । जेठ ३१ गतेदेखि असार १४ गतेसम्म ५ अर्ब रूपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरिएकाे थियाे ।

साे ऋणपत्रबाट सर्वसाधारणका लागि २० लाख तथा व्यक्तिगत रुपमा विभिन्न संघ संस्थाका लागि ३० लाख कित्ता बिक्री गरिएको हो । सर्वसाधारणतर्फकाे कुल ऋणपत्रमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि थियाे ।

नेप्सेमा सूचीकरण भएपछि दोश्रो दिन अर्थात बुधबारबाट ऋणपत्रको दोश्रो बजारमा कारोबार शुरु हुनेछ ।

ऋणपत्र सूचीकरण सम्बन्धी विवरण यहाँ छ