कर नतिर्ने १७ संस्थालाई चेतावनीसहित महानगरले काट्याे पत्र

-



     सफल आवाज    
     भाद्र २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ भदाै । काठमाडौं महानगरपालिकाले लामो समयसम्म कर नतिरेर बसेका १७ वटा संस्थालाई यथासिघ्र कर बुझाउन पठाएकाे छ ।

महानगरपालिकाले १० दिनभित्र महानगरमा तिर्नुपर्ने कर तिर्न व्यवसायीलाई निर्देश गरेकाे हो। महानगरले वर्षौदेखि कर नबुझाएकाे र कर बुझाउन ढीलाे गरिरहेकाे भन्दै पत्र काटेकाे जनाएकाे छ ।

‘सम्पत्ति कर बुझाउनका लागि महानगरले धेरै पटक ताकेता गरिसकेकाे छ । तर व्यवसायीले अहिलेसम्म पनि कर नबुझाएकोले १० दिनभित्र आ-आफ्नो वडामा गएर कर बुझाउन आग्रह गरिएकाे छ ।

महानगरले ताेकेकाे म्यादसम्म कर नतिरे राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी असूलउपर गरिने महानगरले चेतावनी पनि दिएकाे छ ।