
काठमाडौं २२ भदाै । नेपाल राष्ट्र बैंकले दाङकाे तुलसीपुरमा रहेकाे सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ।
राष्ट्र बैंकले आज एक सूचना जारी गरेर संस्थाका अध्यक्ष तथा सदस्यहरुले संस्थाको हितविपरीत व्यक्तिगत लाभ लिएकाे जनाएकाे छ । उनीहरुले नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरेर दुरुपयोग गरेकोले साे सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गरिएको सूचनामा जनाइएकाे छ।
राष्ट्र बैंकले कम्पनीको प्राथमिक पुँजीकोष १०.३१ प्रतिशत ऋणात्मक भएको जनाएकाे छ। संस्थाकाे स्थलगत अनुगमन गरेपछि संस्थामा भएकाे दुरुपयोग पत्ता लागेकाे हाे ।
राष्ट्र बैंकले गएकाे बर्ष चैत काे २ गते संस्थालाई समस्याग्रस्त घोषणा किन नगर्ने ? भन्दै स्पष्टीकरण मागेकाे थियाे । संस्थाले राष्ट्र बैंकलाई मनासिव स्पष्टीकरण नदिएपछि समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकले जनाएकाे छ।
यसअघि राष्ट्र बैंकले ऋण दुरुपयोगमा संलग्न हुनेहरुलाई आर्थिक कारबाही गरेको जनाएकाे छ । केहीलाई बैंकिङ कसुर सम्बन्धी कानून अनुसार कारबाही शुरु गर्न प्रहरीलाई लिखित विवरण पठाएकाे थियो।
राष्ट्र बैंकले जारी गरेकाे सूचना








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




