१ हजार रुपैयाँले घट्याे सुनकाे भाउ, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     भाद्र २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ भदौ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो लागेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १००० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १००० ले घटेर तोलाको ९३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १००० ले घटेर तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ १५ ले घटेर तोलाको १ हजार ११० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार १२५ रुपैयाँ कायम भई कारोबार भएको थियो ।