
काठमाडौं, २२ भदौ । साताको सेयर कारोबार हुने चौथो दिन नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ ।
यसदिन म्युचुअल फण्ड बाहेक सबै उपसमूहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयरमूल्य घटेको छ र हरियो लागेको म्युचुअल फण्डको झिनो ०.११ अंकको बृद्धि भएको छ ।
यसदिनको नेप्सेको दृश्यले पनि लगानीकर्ताको मनोबल बढाउनुको सट्टामा झन् गिराएको छ । सेयर कित्ताको खरिदबिक्री तथा कारोबार रकममा निकै कमि देखिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.९७ अंकले घटेर १९३९.८८ विन्दुमा झरेको छ । नेप्सेमा ०.६१ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स १.७० अंकले घटेर ३७७.३८ विन्दुमा रहेको छ ।

यसदिन कुल २२४ कम्पनीको सेयर खरिदबिक्री भएको छ । २९ लाख ४३ हजार ७६९ कित्ता सेयरको खरिबिक्रीबाट ८२ करोड ६२ लाख ३० हजार ५८३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहरुमध्ये म्युअल फण्डमा मात्रै हरियो लागेको छ । सो फण्डको ०.११ अंकले सेयरमूल्य बढेको छ । बाँकी १२ वटा उपसमूहहरुको सेयरमूल्य घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल टेलिकमको कारोबार भएको छ । टेलिकमको ५ करोड १५ लाख ६० हजार २९९ रुपैयाँ ४० पैसा बराबरको भएको छ ।

सनराइज फर्स्ट म्युचुअल फण्डकाे मूल्य सबैभन्दा धेरै ७.७२ प्रतिशतले बढेर ११ रूपैयाँ ५८ पैसा पुगेकाे छ । १० प्रतिशत प्राइम डिबेञ्चर, २०८८ काे मूल्य सबैभन्दा धेरै ५.८८ प्रतिशतले घटेर ९ सय २२ रूपैयाँ ४० पैसा कायम भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




