लाभांश पारित गर्न पुनर्बीमा कम्पनीले डाक्याे साधारण सभा

-



     सफल आवाज    
     भाद्र २२ गते २०७९ मा प्रकाशित



काठमाडौं, २२ भदाै । नेपाल पुनर्बीमा कम्पनीले लाभांश वितरणकाे प्रस्ताव पारित गर्न भदौ ३० गते सातौं वार्षिक साधारण सभा डाकेकाे छ । कम्पनीकाे साधारण सभा काठमाडौं, बबरमहलमा रहेकाे कार्की ब्यांकेटमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।

सभाबाट ५‍.२६ प्रतिशत लाभांश वितरणकाे प्रस्तावलाइ पारित गरिने भएकाे छ। आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर तथा त्यसकाे कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांशसहित ५‍.२६ प्रतिशत वितरणकाे प्रस्ताव पारित गरिने भएकाे हाे ।

साधारण सभाका अन्य एजेण्डाहरुमा नियमावली संशोधन तथा आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र कम्पनीकाे नगद प्रवाहलगायतका विषय रहेका छन् । यस्तै साधारण सभामा आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षककाे नियुक्त र पारिश्रमिक ताेक्ने एजेन्डा रहेका छन् ।

साधारण सभाकाे प्रयोजनका लागि भदौ १९ गते कम्पनीले बुकक्लोज गर्ने भएकाे छ । यसका लागि भदौ १८ गतेसम्म नेप्सेमा सेयर काराेबार भइ कायम भएका सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश प्राप्तिका लागि याेग्य मानिनेछन् ।