सुन तोलाको ९३ हजार ८ सय रुपैयाँ पुग्यो, चाँदीको भाउ पनि बढ्यो

-



     सफल आवाज    
     भाद्र २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ भदौ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ८०० तथा चाँदीमा रुपैयाँ २५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ८०० ले बढेर तोलाको ९३ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको रुपैयाँ १००० ले गिरावट भई तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा रुपैयाँ ८०० ले बढेर तोलाको ९३ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुनमा पनि रुपैयाँ १००० ले घटेर तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २५ ले बढेर तोलाको १ हजार १३५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदीमा रुपैयाँ १५ ले घटेर तोलाको रुपैयाँ ११० रुपैयाँमा कारोबार भएको थियो ।