प्रि-ओपन सेसन : नेप्से परिसूचक १९४०.१९ विन्दुमा उक्लियाे

-



     सफल आवाज    
     भाद्र २३ गते २०७९ मा प्रकाशित



काठमाडौं, २३ भदाै । साताकाे सेयर काराेबार हुने पाँचाै दिन बिहिबार आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

अघिल्लो कारोबार भएकाे दिन बुधबार नेप्से परिसूचक ११.९७ अंक घटेर १९३९.८८ विन्दुमा बन्द भएको थियाे । तर आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.३१ अंकले बढेर १९४०.१९ विन्दुमा उक्लिएकाे छ। सेन्सेटिभ इण्डेक्स ०.०८ अंकले बढेको छ।

आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक हेर्दा ८ कम्पनीकाे ४७ हजार १८५ रुपैयाँ बराबरको ८० कित्ता सेयर खरिदबिक्री भएको छ। ६ वटा कम्पनीकाे सेयरमूल्य बढेको पाइएकाे छ । २ वटा कम्पनीकाे भने घटेको छ।