पाेउवाकाे चुनावमा बिहान ८ बजेदेखि मतदान जारि(फाेटाे फिचर)

-



     सफल आवाज    
     भाद्र २५ गते २०७९ मा प्रकाशित



पोखरा, २५ भदाै । २०११ सालमा स्थापना भएकाे पाेखराकाे पूरानाे उद्याेगी ब्यवसायीको साझा संस्था पोखरा उद्योग वाणिज्य संघको निर्वाचन आज हुँदैछ । बिहान ८ बजेबाट जारि रहेकाे छ ।

चुनावी प्रतिष्प्रधामा पवन प्रजापति र अर्जुन पाेखरेल समूह रहेका छन् । उनीहरूबिच कडा प्रतिष्पर्धा हुँदै । दुबै समूहले आफ्नो जीतकाे कुरा बताइरहेका भएपनि यसकाे छिनाेफानाे मतगणनापछि नै हुनेछ ।

पोखरा उद्योग वाणिज्य संघको ३४औं महाधिवेशन शुक्रबार भदाै २४ गतेबाट शुरु भएकाे हाे । २ वर्षको कार्यकालको लागि आज नेतृत्व चयनका लागि मतदान गरिएकाे हाे ।

अध्यक्षका प्रत्यासि पवन प्रजापति समूह

अध्यक्षका प्रत्यासि पवन प्रजापति कार्यसमितिमा २ कार्यकाल, कोषाध्यक्ष, उपाध्यक्ष र परिष्ठ उपाध्यक्षको रुपमा एक एक कार्यकाल काम गरेर अनुभव बटुलेका उम्मेदवार हुन ।

उनकाे समूहमा वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उद्याेतर्फ उपाध्यक्षमा हिरामणी पण्डित र वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्य रहेका छन्। यस्तै महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बास्तोला र उपमहासचिवमा सोभा गौतम रहेका छन्।

सदस्यहरुमा प्रभा सुवेदी, बालकृष्ण काेइराला, विनाेद केसी, भीम गाैतम, मनाेज कुमार श्रेष्ठ, यमनाथ तिमिल्सना, रामचन्द्र शर्मा, ललित बहादुर कुँवर, सुदिप ओझा र सुदिप प्रधानाङ्ग रहेका छन् ।

अध्यक्षका प्रत्यासि अर्जुन पाेखरेल समूह

अध्यक्षका प्रत्यासि अर्जुन पाेखरेल कार्यसिमितिकाे सदस्य हुँदै क्रमशः उपमहासचिव, महासचिव र उपाध्यक्ष भएर ४ कार्यकाल रहिसकेका छन्।

पाेखरेलकाे समूहमा वरिष्ठ उपाध्यमा हरिहर सापकाेटा, वाणिज्यतर्फ कुमारी मुना बास्ताेला रहेका छन् भने उद्याेगतर्फ उपाध्यक्षमा देवेन्द्र केसी रहेका छन् । महासचिवमा केशब बहादुर खत्री, काेषाध्यक्षमा हरिराज पन्त र उपमहासचिवमा हर्क बहादुर अधिकारी रहेका छन् ।

सदस्यका उम्मेदवारहरूमा भरत केसी, धर्मेन्द्र बाटाजु, माधव बस्ताकाेटी, उदय बहादुर केसी लाहुरे दाइ, दिलिप श्रेष्ठ, दुर्गा रञ्जित श्रेष्ठ, कृष्ण काेइराला, हिमनिधि लाैडारि र महेन्द्र पाैडेल रहेका छन्।

२ वर्षे कार्यकालको लागि आज भएकाे मतदानमा साधारणतर्फ २९२८, उद्याेगतर्फ १३०, कर्पाेरेटतर्फ ५५ र बस्तुगततर्फ ३१ गरी कुल ३१४४ मतदाता रहेका छन् ।