आइतबार सुनचाँदीको भाउ यथावत्

-



     सफल आवाज    
     भाद्र २६ गते २०७९ मा प्रकाशित



काठमाडौं, २६ भदौ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहि कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन तोलाको ९३ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार भएको दिन शुक्रबार पनि छापावाल सुनको भाउ ९३ हजार ९०० रुपैयाँ नै कायम भएको थियो ।

तेजाबी सुन तोलाको ९३ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि तेजाबी सुन तोलाको ९३ हजार ४०० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदी तोलाको १ हजार १५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि चाँदी सोहि भाउमा कारोबार भएको थियो ।