
काठमाडौं, २६ भदौ । साताको सेयर कारोबार हुने पहिलो दिन नेपाली सेयर बजारले ओरालाको यात्रा तय गरेको छ । खरिदबिक्री रहेका सेयर संख्या तथा कारोबार रकममा निकै गिरावट देखिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.४७ अंकले घटेर १९२६.२८ विन्दुमा झरेको छ । नेप्सेमा ०.५९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.०६ अंकले घटेर ३७४.७८ विन्दुमा रहेको छ ।

आज कुल २२१ कम्पनीको सेयर कारोबार भएको छ । २५ लाख २४ हजार २२४ कित्ता सेयरको खरिदबिक्रीबाट ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन एक मात्र अन्य उपसमूहमा हरियो लागेको छ । जसको ४.०७ अंकले सेयरमूल्यमा बृद्धि भएको छ । बाँकी १२ उपसमूहहरुमा रातो लागेको छ । सबैको सेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३ करोड ९५ लाख ७८ हजार ४७१ रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ ।

मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ४.५६ प्रतिशतले बढेर ५ सय ४ रूपैयाँ पुगेकाे छ । हिमालयन एभरेष्ट इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयरमूल्य सबैभन्दा धेरै ५.८२ प्रतिशतले घटेर २ सय ६८ रूपैयाँ ८० पैसा कायम भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




