
काठमाडौं, २७ भदाै । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेकाे छ । केन्द्रीय बैंकले २८ दिन र ९१ दिने अवधिको लागि साे ट्रेजरी बिल जारी गर्ने भएकाे हाे ।
भाेलि मंगलबार जारी गरिने साे ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुँदैछ। ५ अर्ब रुपैयाँको ट्रेजरी बिल असोज २५ गते परिपक्व हुनेछ । यसकाे अवधि २८ दिन रहेकाे छ ।
यस्तै राष्ट्र बैंकले जारि गर्ने अर्काे ५ अर्ब रुपैयाँकाे ट्रेजरी बिलकाे अवधि ९१ दिनकाे लागि रहेकाे छ । याे मंसिर २७ मा परिपक्व हुनेछ ।
ट्रेजरी बिलको बोल कबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन पाउनेछन् । बोलकबोल गर्दा सबैभन्दा बढी मूल्य तोक्नेलाई पहिलो प्राथमिकतामा राखेर राेलक्रमले आह्वान बमाेजिम ट्रेजरी बिलको बाँडफाँड गरिनेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




