सुनको भाउ घट्यो, चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     भाद्र २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ भदौ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउमा केहि तलमाथि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार यसदिन छापावाल सुनमा रुपैयाँ ३०० ले गिरावट भएको छ । सेतो धातु चाँदीको भाउ स्थिर रहेको छ ।

यसदिन छापावाल सुन तोलामा रुपैयाँ ३०० ले गिरावट भई तोलाको ९३ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार छापावाल सुन तोलाको ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ३०० ले गिरावट भई तोलाको तोलाको ९३ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउमा भने आज कुनै परिवर्तन भएको छैन । चाँदीको भाउ स्थिर रहि तोलाको १ हजार १५० रुपैयाँमा करोबार भईरहेको छ । आईतबार पनि चाँदी सोहि भाउमा कारोबार भएको थियो ।