
काठमाडौं, २७ भदौ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार पनि नेपाली सेयरबजारको ओरालो यात्राले निरन्तरता पाएको छ ।
लगातार नेप्सेमा आएको गिरावटले लगानीकर्तालाई चयनले कारोबारमा सरिक हुन बाधा उत्पन्न गरिहेको छ । जसको कारण उनीहरुको मनोबल घटेकाे छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.५९ अंकले घटेर १९१२.६९ विन्दुमा झरेको छ । नेप्सेमा ०.७१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इन्डेक्स २.३९ अंकले घटेर ३७२.३४ विन्दुमा रहेको छ।

यसदिन कुल २२५ कम्पनीको सेयर कारोबार भएको छ। २६ लाख १३ हजार ५४० कित्ता सेयरको खरिदबिक्रीबाट ८३ करोड १६ लाख ३ हजार ६५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये १२ वटामा रातो लागेको छ । उनीहरु सबैको सेयरमूल्य घटेको छ । एक मात्र म्युचुअल फण्डमा हरियो लागेको छ । यो उपसमूहको झिनो ०.०२ अंको बृद्धि भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंकको कारोबार भएको । बैंकको ४ करोड ७ लाख ५४ हजार ७६३ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावरकाे सेयरमूल्य सबैभन्दा धेरै ४.१७ प्रतिशतले बढेर ५ सय ५० रूपैयाँ पुगेकाे छ । ‘१०.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट डिबेञ्चर, २०८२’ काे मूल्य सबैभन्दा धेरै ९.५८ प्रतिशतले घटेर ९ सय ५९ रूपैयाँमा झरेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




