
काठमाडौं, २८ भदौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमबार बाँडफाँट भएको छ । कम्पनीले गत भदौ १५ गतेदेखि सर्वसाधारणको लागि निष्कासन गरेको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल कार्यालय कमलपोखरीमा सोमबार बिहान बाँडफाँट गरिएको हो ।
बैंकका अनुसार नियमन निकायका प्रतिनिधिहरुको रोहबर तथा निष्कासन कम्पनी र निष्कासन तथा बिक्री प्रबन्धकको प्रतिनिधिको उपस्थितिमा ३६, ८५९ जनालाई १० कित्ताका दरले गोलाप्रथा विधिबाट ३,६८,५९० कित्ता सेयर बाँडफाँट गरिएको हो ।
प्रति सेयर १ सय रुपैयाँ अङ्कित दरको ३,९३,७५० कित्तामध्ये कर्मचारी तथा सामूहिक लगानी कोषलाई वितरण गरेर बाँकी रहेको ३,६८,५९० कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएकोमा १८,३८,७५१ दरखास्त फारामबाट कुल १,९९,७२,६८० कित्ताको लागि आवेदन प्राप्त भएको कमेपनीले जनाएको छ ।

बैंकका अनुसार उक्त निष्कासनमा आवेदन दिएका १८ लाख ३८ हजार ७५१ आवेदकमध्ये रित नपुगेका १ हजार ३१५ आवेदकलाई बाँडफाँटमा समावेश नगरी बाँकी १८ लाख ३७ हजार ४३६ आवेदकलाई एउटै समुहमा राखी गोलाप्रथा विधिबाट प्रत्येकलाई १० कित्ता पर्नेगरी बाडफाँट गरिएको हो ।
यस लघुवित्तको अधिकृत पुँजी २० करोड, जारी पुँजी १० करोड ९३ लाख ७५ हजार र चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्ने बताइएको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




