
काठमाडौं, २८ भदौ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउमा केही उतारचढाव आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनमा १ सय रुपैयाँले गिरावट भएको छ । यसैगरी चाँदीको भाउ भने अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँले बढेको छ ।
मंगलबार छापावाल सुन तोलामा १ सय रुपैयाँले घटेर तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलाको ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनमा पनि १ सय रुपैयाँले नै गिरावट आएको छ । आज तेजाबी सुन तोलाको तोलाको ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तेजाबी सुन तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको भाउमा भने आज उल्लेख्य वृद्धि भएको छ । चाँदीको भाउमा ३५ रुपैयाले वृद्धि भएर तोलाको १ हजार १८५ रुपैयाँमा करोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




