प्रि-ओपन सेसन : नेप्सेमा २.३२ अंककाे वृद्धि

-



     सफल आवाज    
     भाद्र २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ भदाै । साताकाे सेयर काराेबार हुने चाैथाे दिन बुधबार आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक २.३२ अंकले बृद्धि भएकाे छ ।

अघिल्लाे दिन मंगलबार २१.३० अंक बढेर १९३४.०५ विन्दुमा बन्द भएको नेप्से परिसूचक आजकाे प्रि-ओपन सेसनमा २.३२ अंकले बढेर १९३६.३७ विन्दुमा उक्लियाे। सेन्सेटिभ इण्डेक्स पनि ०.१६ अंक बढेको छ।

यस सेसनमा १४ कम्पनीकाे ३ लाख ४ हजार ७११ रुपैयाँ ३० पैसा बराबरको ५०१ कित्ता सेयरकाे काराेबार भएकाे छ । यीमध्ये ११ वटा कम्पनीकाे सेयरमूल्य बढेको छ ।

२ वटा कम्पनीकाे भने घटेको छ। बाँकी १ कम्पनीकाे सेयरमूल्य स्थिर रहेको पाइयाे । बाँकी कम्पनीको भाउमा कुनै परिवर्तन भएको छैन ।