
काठमाडौं, २९ भदौ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार आज नेपाली सेयर बजार सकारात्मक लयमा देखिएको छ ।
यसदिन नेप्सेमा छाएको हरियालीले लगानीकर्ताहरुमा उत्साह थपिएको छ । लगातार दुई दिनको सकारात्मक लयले अब सेयर बजारको लय स्थायी हुन्छ कि भन्ने अपेक्षा गरिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४७.४४ अंकले बढेको छ । यसरी बढेको नेप्से परिसूचक १९८१.४८ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.४५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ९.१९ अंकले बढेर ३८५.३६ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२७ कम्पनीको सेयर कारोबार भएको छ । ४६ लाख १८ हजार ५१६ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६५० रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ उपसमूहहरु सबैमा हरियाली छाएको छ । सबैको सेयरमूल्य बढेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंकको कारोबार भएको छ । बैंकको ६ करोड ५१ लाख ६९ हजार ३२४ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । बैंककाे सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ७३ रूपैयाँ ९० पैसा पुगेकाे छ । एनआईसी एशिया फ्लेक्सी कयाप फण्डको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेर ९ रूपैयाँ कायम भएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




