
काठमाडौं, ३० भदौ । संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास सम्मेलन (यूएनसीटिएडी)ले प्रकाशन गरेको विश्व लगानी प्रतिवेदन २०२२ (वर्ल्ड इन्भेस्टमेन्ट रिपोर्ट) २०२२ का अनुसार विश्वमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह २०२१ मा ६४.३ प्रतिशतले बढेको छ ।
प्रतिवेदन अनुसार सन् २०२० मा विश्वको प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ९६३.१ बिलियन अमेरिकी डलर रहेकोमा सन् २०२१ मा आइपुग्दा उक्त आँकडा ६४.३ प्रतिशतले बढेर १ हजार ५८२.३ बिलियन अमेरिकी डलर पुगेको छ ।
उस्तै प्रकृतिका अलग अलग संस्था एक आपसमा गाभिने वा स्वामित्व ग्रहण गर्ने चलन बढेको तथा अन्तरराष्ट्रिय परियोजना वित्तमा आएको तीव्र बढोत्तरीका कारण विश्वमै प्रत्यक्ष वैदेशिक लगानी आप्रवाहमा सुधार आएको नेपाल राष्ट्र बैंकले हालै जारी गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणमा उल्लेख गरिएको छ ।
विश्वको प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह विकसित मुलुकमा अत्यधिक बढेको र विकासशील मुलुकमा दोहोरो अंकले बढेको प्रतिवेदनमा उल्लेख छ । विकसित मुलुकको प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह सन् २०२० मा ३१९.२ बिलियन अमेरिकी डलर रहेकोमा यो आँकडा २०२१ मा आइपुग्दा १३३.६ प्रतशितले बढेर ७४५.७ बिलियन अमेरिकी डलर पुगेको पाइएको छ ।
यसैगरी विकासशील मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह सन् २०२१ मा २९.९ प्रतिशतले बढेर ८३६.६ बिलियन अमेरिकी डलर पुगेको छ । यो आँकडा अघिल्लो वर्ष अर्थात् सन् २०२० मा ६४३.९ बिलियन अमेरिकी डलर रहेको थियो ।
अर्थतन्त्र र क्षेत्रका आधारमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाहको अवस्था









काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




