बैंकको ब्याजदर बढाउने निर्णयसँगै नेप्सेमा उल्लेख्य गिरावट

-



     सफल आवाज    
     भाद्र ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० भदौ । दुई दिन लगातार सकारात्मक लयमा गएको सेयर बजार तेश्रो दिन आजसम्म आउँदा फेरि नकारात्मक लयमा गएकाे छ । यसिकाे मुख्य कारण ब्याजदर नै रहेकाे छ।

साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा भारि मात्रामा भएकाे यस प्रकारकाे नकारात्मक प्रभावले सेयर लगानिकर्ताको मनोबल पनि घटाएको छ ।

बैंकहरुले ६ महिना पहिले गरेको सहमतिलाई अब भने तोड्ने अवस्था आएकोले त्यसको प्रत्यक्ष प्रभाव देखिएको हो । आज बिहान मात्रै नेपाल बैंकर्स संघको बैठकले वाणिज्य बैंकहरुले स्वतन्त्र किसिमले ब्याजदर तोक्ने निर्णय गरेको छ ।

बैठकको निर्णयको प्रभाव सेयर बजारमा पनि देखिएको हो । जसको कारण सेयर बजार राताम्मै भएको छ । नेप्सेका अनुसार नेप्से परिसूचक ५७ अंकले घटेर १९२४.४८ विन्दुमा झरेको छ । नेप्सेमा २.८८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ११.२३ अंकले घटेर ३७४.१३ विन्दुमा रहेको छ ।

यसदिन कुल २३२ कम्पनीको सेयर कारोबार भएको छ । ६९ लाख ४० हजार ५९६ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबै १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी लक्ष्मी बैंक लिमिटेडको कारोबार भएको छ । बैंककाे २१ कराेड ५० लाख ३३ हजार १९० रुपैयाँ ९० पैसा बराबरको कारोबार भएको छ।

यसदिन ९ वटा कम्पनीकाे मात्रै सेयरमूल्य बढेकाे छ । जसमा एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडबाहेक अरू म्युचुअल फण्ड र डिबेञ्चर रहेका छन् । एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घटेर ८ रूपैयाँ २८ पैसामा झरेको छ ।