सिक्लेस हाइड्रोपावरकाे सेयरमा पर्यो ७.६२ गुणा बढी आवेदन

-



     सफल आवाज    
     भाद्र ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० भदाै‌ । सिक्लेस हाइड्रोपावरले बिक्रीमा ल्याएकाे सेयरमा मागभन्दा बढी आवेदन परेकाे छ । कम्पनीले बुधबारबाट सर्वसाधारणका लागि निष्काशन गरेको सेयरमा ७ लाख ६ हजार ६४३ वटा आवेदन परेको हो ।

बिहिबार बेलुका ५ वजेसम्म ७ लाख ६ हजार ६४३ वटा आवेदनबाट ८० करोड ६६ लाख १४ हजार रुपैयाँ बराबरको ८० लाख ६६ हजार १४० कित्ता सेयर माग गरिएकाे छ । यो माग सर्वसाधारणका लागि बिक्री गिरने १० लाख ५८ हजार कित्ता सेयरकाे ७.६२ गुणा बढी हाे ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु १०० अंकित दरकाे ११ लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । त्यसबाट ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ ।

५७ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । सर्वसाधारणका लागि १० लाख ५८ हजार कित्ता रहेकाे छ । सेयरमा लगानीका लागि लगानीकर्ताले घटीमा १० तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। याे भनेकाे वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत हाे ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट रहेको छ।