
काठमाडौं, ३० भदाै । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिनामा ९२ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको जनाएकाे छ। राष्ट्र बैंकको मासिक तथ्यांकले साउन महिनामा ९२ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको देखाएकाे हाे।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले वृद्धि भई रु.९२ अर्ब २१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्यामा पनि बृद्धि भएकाे छ । जाे २२२.८ प्रतिशतले बढेर ४४ हजार ५४० पुगेको छ ।
राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या ७५.४ प्रतिशतले बढेर २० हजार ३९० पुगेको जनाएकाे छ । अघिल्लो वर्षमा सोही अवधिमा साे संख्या २८६.१ प्रतिशतले बढेको थियो ।
खुद ट्रान्सफर १८.४ प्रतिशतले बढेर १ खर्ब १ अर्ब ६९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा ट्रान्सफर १५.७ प्रतिशतले घटेको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




