पिपुल्स हाइड्रोकाे सेयरमा आजदेखि आवेदन दिन सकिने

-



     सफल आवाज    
     भाद्र ३१ गते २०७९ मा प्रकाशित



काठमाडौं, ३१ भदाै । पिपुल्स हाइड्रोपावरले आजदेखि ३२ लाख कित्ता सेयर निष्काशन गर्न गरेकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनताका लागि सेयर निष्काशन गरेकाे हो।

जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले प्रतिकित्ता रु १०० अंकित दरकाे ३२ लाख कित्ता सेयर निष्काशन गरिएकाेमा आयोजनाबाट अति प्रभावित क्षेत्र मानिएकाे दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७ का स्थानियका लागि ९ लाख ६० हजार कित्ता रहेकाे छ । यस्तै लमजुङ्ग जिल्लावासिका जनताका लागि २२ लाख ४० हजार कित्ता रहेकाे छ।

सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले न्यूनतम १० कित्ता र बढीमा १ लाख कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन्। यसका लागि लगानीकर्ताले असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । ताेकिएकाे म्यादसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा असोज ३० गतेसम्म आवेदन दिन सकिने छ।

केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग दिएकाे छ। याे भनेकाे दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको भन्ने संकेत हाे ।

सेयर लगानीकर्ताले ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार शाखा र हिलेमा रहेकाे एक्टेन्सन काउण्डर, एनएमबि बैंकको भोटेवडार, सिद्धार्थ बैंकको बेसीशहर र सिभिल बैंकको भुलभुले शाखाबाट आवेदन दिन पाउनेछन्।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।