
कठमाडौं, ३१ भदाै । साताको सेयर कारोबार हुने अन्तिम दिन शुक्रबार पनि सेयर बजारको ओरालोको यात्राले निरन्तरता लिएको छ ।
अघिल्लाे दिन बैंकहरूमा ब्याजदर बढाउने बैंकर्स संघकाे निर्णय भएसंगै त्यसकाे प्रभाव यसदिनकाे काराेबारमा देखिएकाे छ ।
नेप्से परिसूचकसंगै यसदिन कारोबार रकममा पनि कमि भएको छ । नेप्सेमा भईरहेको यसप्रकारको उल्टो दौडले अन्ततः लगानीकर्ताको मनोबल घटाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.१० अंकले घटेर १९१०.३८ विन्दुमा झरेको छ । नेप्सेमा ०.७३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.२३ अंकले घटेर ३७१.९० विन्दुमा झरेको छ ।

यसदिन कुल २२० कम्पनीको सेयर कारोबार भएको छ । २९ लाख १६ हजार २७१ कित्ता सेयरको खरिदबिक्रीबाट ९० करोड ८१ लाख ८६ हजार ४८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन १३ उपसमूहमध्ये म्युच’अल फण्ड बाहेक सबैमा रातो लागेको छ । उनीहरु सबैको सेयरमूल्य घटेको छ । हरियो लागेको म्युचुअल फण्डको ०.०१ अंकले बृद्धि भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी रिडी पावर कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४ करोड २३ लाख ३२ हजार ६७७ रुपैयाँ बराबरको कारोबार भएको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




