
काठमाडौं, ३१ भदाै । सिक्लेस हाइड्रोपावरकाे सेयरमा आवेदनको ओइराे लागेकाे छ । कम्पनीले बुधबारबाट जारी गरेकाे सेयरमा १ अर्ब १० करोड ३७ लाख ४५ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ३७ हजार ४५० कित्ता सयरका लागि आवेदन परेको छ ।
सेयरमा ९ लाख ७२ हजार ७९३ आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाए अनुसार सर्वसाधारणले शुक्रबारसम्म १ अर्ब १० करोड ३७ लाख ४५ हजार रुपैयाँ बराबरको १ करोड १० लाख ३७ हजार ९४५ कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले कुल ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता सेयर जारी गरेकाे थियाे । यसबाट ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि रहेकाे छ भने बाँकी रहने १० लाख ५८ हजार कित्ता सर्वसाधारणका लागि रहेकाे छ ।
सेयरमा असोज २ गतेसम्म आवेदन दिन पाइनेछ । सेयरमा लगानी गर्न चाहने लगानीकर्ताले घटीमा १० तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
केयर रेटिङ्स नेपालले सिक्लेस हाइड्रोपावरलाई ‘केयर एनपी रेटिङडबल बी प्लस’ दिएकाे छ । याे भनेकाे कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको छ भन्ने संकेत हाे ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




