बढ्याे सुनचाँदीकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

-



     सफल आवाज    
     असाेज २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ असाेज । साताको काराेबार हुने पहिलो दिन नेपाली बजारमा आइतबार आज सुनचाँदीकाे भाउ बढेकाे छ। छापावाल सुनमा रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ २५ ले बृद्धि भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनमा रुपैयाँ ३०० ले बढेर ताेलाकाे ९१ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

तेजाबी सुनमा पनि रुपैयाँ ३०० ले बढेर ताेलाकाे ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लाे महिनाकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलामा रुपैयाँ १००० ले घटेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ले बढेकाे छ। यसरी बढेकाे सेताे धातु चाँदी तोलाकाे ज्१ हजार १८५ रुपैयाँमा काराेबार भइरहेकाे छ । शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाकाे १ हजार १७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।