
काठमाडौं, ४ असोज । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा आज रुपैयाँ ४०० ले बढेको छ । सेतो धातु चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ४०० ले बढेर तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार छापावाल सुनमा रुपैयाँ ४०० ले घटेर ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनमा पनि रुपैयाँ ४०० ले बढेर तोलाको ९१ हजार ३०० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । सोमबार तेजाबी सुनमा रुपैयाँ ४०० ले घटेर तोलाको ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएर तोलाको १ हजार १८० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदीमा रुपैयाँ १० ले गिरावट भई तोलाको १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




