
काठमाडौं, ४ असोज । नेपालबाट भदौ महिनामा २ अर्ब ४२ करोड रुपैयाँ बराबरको बिजुली भारतमा निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत हुन नसकेको २४ करोड ६५ लाख २९ हजार युनिट बिजुली भारत निर्यात गरेको हो ।
यसबापत् भदौ महिनामा प्राधिकरणलाई २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आम्दानी भएको छ । देशभित्र खपत गरी बाँकी रहेको वर्षायामको बिजुली गएको जेठ १९ गतेदेखि बिक्री गर्न थालिएको हो । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आइएक्स०को डे(अहेड बजारमा प्रतिस्पर्धा गरेर बाँकी बिजुलीको बिक्री थालेको हो ।
प्राधिकरणका अनुसार सुरुवातमा दुईवटा विद्युतगृहको ३९ मेगावाट बिजुलीलाई स्रोत मानेर दैनिक रुपमा बिक्री गरिएको थियो । पछि जेठ २७ गतेदेखि दैनिक ६ वटा पावरहाउसबाट उत्पादित बिजुलीलाई स्रोत मानेर दैनिक ३६४ मेगावाट बिजुली बिक्री गर्दै आएको हो ।
प्राधिकरणले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को जेठ र असार तथा चालु आर्थिक वर्षको साउन र भदौमा गरी कुल ७८ करोड ७८ हजार युनिट बिजुली बिक्री गरेको तथ्याङ्क छ । भारतीय बजारमा बिक्री भएको उक्त परिमाणको बिजुलीवापत् ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आम्दानी भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विचारमा मासिक रुपमा बिजुली निर्यात बढेकोले यसबाट आउने भारतीय मुद्राले नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ । उनका अनुसार प्राधिकरणले चालु आर्थिक वर्षमा बिजुली निर्यातबाट १६ अर्ब रुपैयाँ हाराहारी आम्दानी गर्ने लक्ष्य राखेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




