चालु पुँजी कर्जाको व्यवस्था सच्याउन चेम्बरको माग

-



     सफल आवाज    
     असाेज ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ असाेज । नेपाल चेम्बर अफ कर्मसले चालु पूँजी कर्जाकाे बारेमा भएकाे मार्गदर्शन सच्याउन माग गरेकाे छ । राष्ट्र बैंकको नीतिकाे कारण व्यावसायिक अवश्था कमजाेर हुँदै गएकाे चेम्बर अफ कमर्सले जनाएको छ ।

नेपाल समुद्रपार निकासी पैठारी संघका नवनिर्वाचित पदाधिकारीहरुकाे स्वागत कार्यक्रममा सहभागिले चालू पूँजी कर्जाकाे व्यवस्थाले व्यावसायिक क्षेत्रमा नकारात्पमक असर गरेकाेले साे व्यवश्थालाइ सच्याउन उनीहरुले माग गरेका हुन् ।

संघका पदाधिकारीले बैंक, वित्तीय संस्थाबाट ऋण लिएर उद्यमशिलतामा लागेहरु तथा ससानाे व्यवसाय गरेका साना ऋणीहरु अधिक अफ्ठेराेमा परेकाे बताए ।

उता नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जाका बारेकाे मार्ग निर्देशन आगामी कार्तिक १ गतेदेखि लागु हुने बताएकाे छ । साे मिति निजकिदै गरेकाे बेलामा व्यवसायीले व्यवसायमा भइरहेकाे असजिलाेकाे लागि सहजिकरण र लगानीमैत्री वतावरणकाे खाेजि गरिरहेका सहभागिले बताए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले एक करोड रुपैयाँसम्मको चालु पूँजीको कर्जाको सीमाले बिक्रीको अधिकतम २०% सम्म मात्रै रहने व्यवस्थाले लामो समयसम्म उधारोमा हुने बिक्री र चाडपर्वकाे बेलामा मात्रै ५०% बिक्री हुने सामानका लागि राख्नुनर्पे मौज्दात अहिलेको सिमाले नपुग्ने बताए ।

उनले भने, वार्षिक कारोबार बिक्रीको ५०% सम्म सिमा कायम हुनुपर्छ । उनले अहिलेकाे व्यवस्थाले उधारोमा विक्री गर्नुपर्ने अवस्थाका व्यवसायीमा सबैभन्दा धेरै असर परेकाे बताए । साे अवसरमा मल्लले बैंकको व्याजदरमा पुन: पुनरावलोकन गर्न पनि आग्रह गरे ।

समुद्रपार निकासी पैठारी संघका अध्यक्ष विनोद कुमार सेठियाले आधार दरमा गरिएको अस्वभाविक वृद्धिका कारण निश्चित आय भएका ऋणहरुलाइ बढी मारमा परेको बताए । साथै उनले ऋणीहरु राष्ट्र बैंकको नीतिका कारणले समस्यामा परेकाे बताए ।