प्रि-ओपन सेसन : नेप्सेमा ०.७९ अंककाे वृद्धि

-



     सफल आवाज    
     असाेज ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ असाेज । साताकाे सेयर काराेबार हुने चाैथाे दिन बुधबार नेपाली सेयर बजारकाे प्रि-ओपन सेसन सकारात्क देखिएकाे छ ।

यसदिन प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७९ अंकले बढेको छ । यसरी बढेकाे नेप्से परिसूचक १८३८.४० विन्दुमा चढेकाे छ । याे समयमा ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रि-ओपन सेसनमा ९ वटा कम्पनीको १३५ कित्ता सेयर कारोबार भएको छ । ६ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ३ वटा कम्पनीको सेयरमूल्य घटेको छ ।