नेप्से १८४८.८२ विन्दुमा उक्लियो, कारोबार ७२ करोडमा सीमित

-



     सफल आवाज    
     असाेज ५ गते २०७९ मा प्रकाशित



काठमाडौं, ५ असोज । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयरबजार एक साताको नकारात्मक लयलाई परिवर्तन गर्दै सकारात्मक यात्रामा फर्केको छ ।

नेप्से सकारात्मक लयतर्फ फर्कदा लगानीकर्ताको मनोबल बढेको छ । तर कारोबार रकममा भने उल्लेखनिय प्रगति हुन सकेन । काराेबार रकम अर्बमा समेत पुग्न सकेन।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.२२ अंकले बढेर १८४८.८२ विन्दुमा उक्लिएको छ । सेन्सेटिभ इण्डेक्स २.०१ अंकले बढेर ३६०.८८ विन्दुमा पुगेकाे छ ।

यसदिन कुल २२६ कम्पनीको सेयर कारोबार भएको छ । यसबाट २५ लाख ३१ हजार ३७० कित्ता सेयरको खरिदबिक्रीबाट ७२ करोड १२ लाख ५९ हजार ८८४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटा उपसमूहहरुमध्य यसदिन म्युचुअल फण्डमा रातो लागेको छ । अर्थात यो समूहको सेयरमूल्य घटेको छ । बाँकी १२ वटा उपसमूहमा हरियो लागेको छ । उनीहरुको सेयरमूल्य बढेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ३ करोड ३८ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सामलिङ्ग पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ८२ रूपैयाँ ९० पैसा पुगेकाे छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै ३.६३ प्रतिशतले घटेर ८ सय ८५ रूपैयाँ कायम भएकाे छ ।