४० अर्बको ट्रेजरी बिल आफैं खरिद गर्दै राष्ट्र बैंक

-



     सफल आवाज    
     असाेज ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ असाेज । नेपाल राष्ट्र बैंकले ४० अर्बको ट्रेजरी बिल खरिद गर्न लागेकाे छ । बैंकले एक सूचना प्रकाशित गरी सोझै साे खरिद उपकरण बोलकबोलकाे माध्यमबाट आह्वान गरेको हो ।

बैंकले बोलकबोलबाट २०७९ पुस मसान्तसम्म भुक्तानी अवधि भएको ट्रेजरी बिल बिक्री गर्न लागेकाे राष्ट्र बैंककाे बैंक तथा वित्तीय संस्था बिभागले जनाएकाे छ । यसका लागि अपरान्ह ३ बजेसम्म आवेदन दिने समय ताेकिएकाे छ ।

बैंकले प्राप्त आवेदनकाे अध्ययन गरेर भाेलि शुक्रबार ट्रेजरी खरिद गर्ने जनाएकाे छ । बैंकिङ प्रणालीमा कम तरलताको अवश्था देखिएपछि तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण भनेकाे सोझै खरिद हो ।

राष्ट्र बैंकले तोकिएको समयभित्र भुक्तानी मिति रहेकाे ट्रेजरी बिल इच्छुक बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल गरेर खरिद गर्दछ। त्यस बापतको रकमा बोलकबाेल गर्नेलाई भुक्तानी गरिन्छ । यसबाट बैंकिङ प्रणालीमा तरलता प्रवाह हुने गर्छ ।

राष्ट्र बैंकले प्रणालीमा तरलताको भार परेकाे बेलामा यस्तै उपकरणको प्रयोग गर्नेगर्छ ।