पाँचौ दिनमा बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो तोलाको ?

-



     सफल आवाज    
     असाेज ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ असोज । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनमा रुपैयाँ ५०० तथा चाँदीमा रुपैयाँ १५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावला सुनमा रुपैयाँ ५०० ले बढेर तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ कायम भई कारोबार भएको थियो । उक्त दिन छापावाल सुनमा रुपैयाँ ५०० ले घटेर कारोबार भएको थियो ।

यसदिन तेजाबी सुनमा रुपैयाँ ५०० ले बढेर तोलाको ९१ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुनमा पनि रुपैयाँ ५०० ले घटेर तोलाको ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चााँदीमा यसदिन रुपैयाँ १५ ले बढेर तोलाको १ हजार १८५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदीमा रुपैयाँ १० ले गिरावट भएर तोलाको १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।