
काठमाडौं, ६ असोज । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजार झन् सुधार हुनुको सट्टामा ओरालो यात्रामा गएकाे छ । अघिल्लाे दिनकाे जस्ताे टिकाउपन आज नदेखिएपछि लगानीकर्ताकाे मनाेबल बढ्न सकेन ।
यसदिन नेप्से परिसूचकको साथमा कारोबार रकममा पनि गिरावट भएको छ। नेप्सेमा भईरहेको नकारात्मक लयले लगानीकर्ताको मनोबललाई कहिले माथि उठाउने हाे त्याे पर्खाइकै विषय बनेकाे छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.८३ अंकले घटेर १८३८.९६ विन्दुमा झरेको छ । नेप्सेमा ०.५३ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स १.४५ अंकले घटेर ३५९.४३ विन्दुमा पुगेको छ ।
यसदिन कुल २२९ वटा कम्पनीको सेयर कारोबार भएको छ । २५ लाख ४२ हजार ८९९ कित्ता सेयरको खरिदबिक्री हुँदा ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार यस आर्थिक वर्षको सबैभन्दा कम कारोबार हो ।
१३ वटा उपसमूहहरु सबैमा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको छ । आज सबैभन्दा बढी फाइनान्स उपसमूहले गुमाएको छ ।
कारोबारको आधारमा आज पनि नबिल बैंक लिमिटेडले कारोबारमा अग्रता कायम गरेकाे छ । बैंकको २ करोड ५८ ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सामलिङ पावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ५३१ रुपैयाँ १० पैसा भएको छ । आज सबैभन्दा धेरै प्रमु डिबेन्चर २०८४ को मूल्य सबैभन्दा बढी घटेको छ । यसको मूल्य ९.९३ प्रतिशतले घटेर ९०८ रुपैया कायम भएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




