डलरको भाउ निरन्तर बढ्दै, नयाँ रेकर्ड कायम

-



     सफल आवाज    
     असाेज ७ गते २०७९ मा प्रकाशित



काठमाडौं, ७ असाेज । अमेरिकी डलरको भाउ उकालाे लाग्ने क्रम राेकिएकाे छैन । अघिल्लाे दिन गएकाे साउनयताकै उचाइमा पुगेकाे भाउले आज असाेज ७ गते नयाँ रेकर्ड कायम गरेकाे छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजिनक गरेकाे विदेशी विनिमय दरका अनुसार यसदिन अमेरिकी डलरको भाउ १२९ रुपैयाँ ६८ पैसा पुगेको छ। एक डलरकाे सटहि गर्नका लागि १२९ रुपैयाँ ६८ पैसा लाग्नेछ। अघिल्लाे दिन यस्ताे भाउ १२८ रुपैयाँ २७ पैसा पुगेको थियाे । आज साे भाउमा साढे १ रुपैयाँले बृद्धि भएकाे छ।

गत साउन ५ गते डलरकाे भाउ अहिलेसम्मकै उचाइमा पुगेको थियो। सो मितिमा अमेरिकी डलरको भाउ १२८ रुपैयाँ २९ पैसा पुगेको थियो। यसपटक पुन: डलरको भाउ सो विन्दुबाट अलि माथि उक्लिएकाे छ।

याे बेलामा अमेरिकि फेडेरल रिजर्भले ब्याज बढाएको छ । त्यसकाे प्रभाव डलरको भाउमा परेको छ । यस्तै ताइवानकाे विषयमा अमेरीका र चीनबीचकाे बढ्दाे विवाद र रसिया युक्र्नबीचकाे युद्धकाे कारण डलरको भाउमा प्रभाव परेकाे परेको छ भने विश्वका धेरै देशहरु आर्थिक मन्दीकाे चपेटामा परेका छन् ।

राष्ट्र बैंकले शुक्रबार भारु १०० काे खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा ताेकेकाे छ । अमेकिरकी डलर १ काे खरिद दर १२९ रुपैयाँ ८ पैसा र बिक्री दर १२९ रुपैयाँ ६८ पैसा ताेकेकाे छ ।

यस्तै यूराे १ काे खरिद दर १२७ रुपैयाँ ५७ पैसा र बिक्री दर १२८ रुपैयाँ १६ पैसा ताेकेकाे छ । पाउण्डस्ट्रलिङ १ काे १४६ रुपैयाँ ३४ पैसा रु बिक्री दर १४७ रुपैयाँ २ पैसाऽ स्वीस् फ्याङ्क १ काे खरिद दर १३१ रुपैयाँ ७९ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ ताेकेकाे छ ।

अष्ट्रेलियन डलर १ काे ८५ रुपैयाँ ६७ पैसा र बिक्री दर ८६ रुपैयाँ ७ पैसा रहेकाे छ । क्यानेडियन डलर १ काे खरिद दर ९५ रुपैयाँ ८४ पैसा र बिक्री दर ९६ रुपैयाँ २९ पैसा ताेकिएकाे छ ।