ग्लोबल आइएमई बैंकले ल्यायाे ‘धनवृष्टि मुद्दती योजना’

-



     सफल आवाज    
     असाेज ७ गते २०७९ मा प्रकाशित




काठमाडौं, ७ असाेज । ग्लोबल आइएमई बैंकले ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ ल्याएकाे छ । बैंकका अनुसार याेजना २ वर्षमै २ गुणा हुने मुद्दती योजना हाे ।

ग्राहकहरुले २ वर्षमै यस मुद्दती निक्षेपकाे योजना अनुसार २ वर्षमै मुद्दती निक्षेपलाई दोब्बर गर्न सक्नेछन् । तर याे योजनामा सामेल हुनका लागि मुद्दती निक्षेपकाे खाता खोल्नु पर्ने र निक्षेपकर्ताले निश्चित रकमलाई छनोट गर्नुपर्ने हुन्छ ।

निक्षेपकर्ताले दाेब्बर रकम पाउनका लागि २ वर्षसम्म प्रत्येक तीन महिनामा आफुले राेजेकाे रकमको १० प्रतिशत रकम जम्मा गर्नुपर्ने हुन्छ ।

‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ सहभागि हुनका लागि घटीमा १० हजार रूपैयाँ माैज्दात हुनुपर्ने प्रावधान रहेको छ । बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर योजना सार्वजनिक गरेकाे जनाएकाे छ ।

ग्लोबल आइएमई बैंकले देशभर २९० शाखाबाट सेवा दिइरहेकाे छ । यसका २७३ एटिएम रहेका छन् भने २७५ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

यस्तै ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर रहेका छन् भने ३ वटा बैदेशिक प्रतिनिधि कार्याल रहेका छन् । यी सबै गरेर ८९० बढी सेवा केन्द्र र ३० लाखभन्दा बढी ग्राहकहरूले सेवा पाइरहेका बैंकले जनाएकाे छ ।