समाबेशी सहकारीको १५औं वार्षिक साधारणसभा सम्पन्न

-



     सफल आवाज    
     असाेज ८ गते २०७९ मा प्रकाशित



पाेखरा, ८ असाेज । समाबेशी बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारणसभा अध्यक्ष सीता गुरुङको अध्यक्षता र जिल्ला सहकारी संघ कास्किको अध्यक्ष साबित्रा कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

साधारणसभाकाे प्रमुख अतिथि साबितत्रा कोइरालाले १५ वटा दीप प्रज्वलन गरि उद्घाटन गरेकि थिइन । त्यस अवसरमा उनले सहभागी र सहभागितात्मक रुपमा लाग्नुनै सहकारीको मुख्य उद्देश्य भएकाे बताइन ।

काेइरालाले प्रजातान्त्रिक अभ्यासलेअगाडी बढ्दै आर्थिक वृद्धिकाे बाटाेमा जानुपर्ने सेयर सदस्यको कर्तब्य भएकाे भन्दै प्रगतिको लागि शुभकामना ब्यक्त गरिन्।

संस्थाका सेयर सदस्य पूर्ब संविधान सभा सदस्य शारदा पौडेल, सेतिमोदी सहकारीका अध्यक्ष, बिश्वगुरु सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारिले शुभकामना मन्तव्य राखेका थिए।

संस्थाका सचिव जीवन अधिकारीले प्रगति प्रतिबेदन र कोषाध्यक्ष सीता अधिकारीले आर्थिक प्रतिबेदन प्रस्तुत गरे । शिक्षा संयोजक कल्पना थापाले सहकारीका सात सिद्धान्त वाचन गरेको कार्यक्रमको सञ्चालन सचिव जीवन अधिकारीबाट गरीएकाे थियाे ।

साे अवसरमा संस्थाका जेष्ठ सेयर सदस्य पूर्णमाया पाैडेललाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मान, असल बचतकर्ता रामदेबी बानिया( सुनिता) र असल ऋण गंगा पाैडेललाई नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रम शुक्रबार बगर तमु समाज घरमा भएको थियो । बजारमा भएकाे आर्थिक तरलताको असरको बाबजुद पनि समाबेशी सहकारिले १८ प्रतिशत बोनस र ८ प्रतिशत बचतको ब्याज बितरण गर्न सफल भएको अध्यक्ष सीता गुरुङले बताइन।