
काठमाडौं, ९ असाेज । रुरु जलविद्युतले सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट साे लाभांश वितरण गर्ने भएकाे हाे ।
रुरु जलविद्युत कम्पनीको असोज ७ गते बसेकाे सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस र त्यसकाे कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे।
रुरुकाे साधारणसभा प्रयाेजनका लागि असोज २७ गते बुकक्लाेज गरिने कम्पनीले जनाएकाे छ। यसका लागि सेयरधनीहरुले असोज २६ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । उनीहरु मात्रै साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि याेग्य मानिने छन्।
कम्पनीले लाभांश वितरणकाे प्रस्ताव पारित गर्नकालागि कार्तिक ७ गते साधारणसभा डाकेकाे छ । सभा बानेश्वर ब्याङ्कवेटमा दिउसो १ बजे डाकिएकाे छ। उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले लाभांश पाउने छन्।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




