प्रि-ओपन सेसन : नेप्सेमा ०.९७ अंककाे गिरावट

-



     सफल आवाज    
     असाेज ९ गते २०७९ मा प्रकाशित



काठमाडौं, ९ असाेज । साताकाे सेयर काराेबार हुने पहिलाे दिन आईतबार आज नेपाली सेयर बजारकाे प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.९७ अंकले घटेको छ ।

नेप्से परिसूचक ०.९७ अंकले घटेर १८३८ विन्दुमा झरेको नेप्सेले जनाएकाे छ। यस सेसनमा २ लाख रुपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

यसिदन प्रि-ओपन सेसनमा १० वटा कम्पनीको ९९८ कित्ता सेयरकाे खरिदबिक्री भएको छ । कुल १६ वटा कम्पनीकाे सेयर कारोबार भएकोमा २ वटा कम्पनीको सेयरमूल्य बढेको छ । ६ वटा कम्पनीकाे सेयरमूल्य घटेको छ ।