यस्तो छ आजको सुनचाँदीको भाउ

-



     सफल आवाज    
     असाेज १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० असोज । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा भने सामान्य गिरावट भएको छ ।

यसदिन छापावाल सुनको भाउ आईतबारकै कायम रहेको छ । चाँदीमा रुपैयाँ १० ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहि तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि छापावाल सुन तोलाको ९१ हजार ८०० रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको ९१ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि तेजाबी सुन तोलाको ९१ हजार ३०० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ १० ले गिरावट भएर तोलाको १ हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार चाँदी तोलाको १ हजार १७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।