२ महिनामा २८ अर्बको निर्यात, विराटनगर नाकाकाे प्रगति उच्च

-



     सफल आवाज    
     असाेज १० गते २०७९ मा प्रकाशित



काठमाडौं, १० असोज । सरकारले चालु आर्थिक वर्षको शुरुवाती २ महिनामा २८ अर्ब बराबरको निर्यात गरेको छ । देशभरका २६ ओटा नाकाबाट आयात गरिएको छ। भदौ मसान्तसम्म १५ ओटा नाकाबाट २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँ बराबरकाे सामान निर्यात गरिएको छ ।

यीमध्ये विराटनगर नाकाबाट सबैभन्दा बढी ८ अर्ब ८७ करोड बराबरको निर्यात भएको छ । सबैभन्दा कम निर्यात हुने नाकामा गौतमबुद्ध विमानस्थल रहेको छ । यहाँबाट २ महिनामा २८ लाख ३४ हजार बराबरको मात्र निर्यात भएको हालै भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा उल्लेख गरिएको छ ।  

यस्तो आयात/निर्यातको आँकडा

यो अवधिमा भद्रपुर, गौर, जनकपुर, महेशपुर, राजविराज, रसुवा, सती, सिरहा, सुनसरी, तातोपानी तथा ठाडी भन्सारबाट आयात मात्र भएको छ । कुनै प्रकारका सामानहरु निर्यात भएको छैन।