
काठमाडौं, ११ असाेज । सिक्लेस हाइड्रोपावरकाे सेयर बाँडफाँड सम्पन्न भएकाे छ । कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको १० लाख ५८ हजार कित्ता सेयर आज बिहान बाँडफाँड गरेकाे हाे ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार १ लाख ५ हजार ८०० जना लगानीकर्ता प्रत्येकले १० कित्ताका दरले सेयर हात पाररेका छन् । सेयरमा निवदेन पेश गरेका १४ लाख ६ हजार ७३७ जना लगानीकर्ताकाे हात रित्तै भएकाे छ।
सिक्लेस हाइड्रोपावरकाे सेयरमा कुल १५ लाख ३८ हजार ८३८ वटा निवेदन परेकाे थियाे । साे निवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता सेयरका लागि आवेदन पेश भएकाे थियाे । जाे सर्वसाधारणका लागि निष्काशन गरेको १० लाख ५८ हजार कित्ता सेयरकाे १६.२९ गुणा बढी हो ।
कम्पनीले ११ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएकाे थियाे । ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरु र ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानीकोषहरुमा लागि रहेकाे छ । त्यसबाट बाँकी रहेकाे १० लाख ५८ हजार कित्ता सेयरमा सर्वसाधारणले निवेदन पेश गरेका थिए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




